हिमानी-पारसकी छोरी पूर्णिका शाहले पाइन् नेपाली नागरिकता
त्रिशुलीखबर
July 3, 2019


काठमाडौं, १८ असार । पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले मंगलबार नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। पूर्णिकालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नागरिकताको प्रमाणपत्र दिएका थिए।

उनको जन्म २०५७ साल मंसिर २७ गते मंगलबार भएको थियो। उनले स्नातक तहको अध्ययन पूरा गरेकी छिन्।

नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानी शाहसँगै जिल्ला प्रशासन कार्यलय पुगेकी थिइन्। छोरीको नागरिकता आमा हिमानीले सनखत गरिदिएकी छिन्। नागरिकता बनाउन उनकी बुवा पारस शाह भने गएका थिएनन्।

हिमानी र पारसको सम्बन्ध विग्रिएका कारण लामो समयदेखि सँगै देखिएका छैनन्।

टिप्पणी लेख्नुहोस्