अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा
त्रिशुलीखबर
July 3, 2019


एजेन्सी, १८ असार । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्को उपाधि दावेदार अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको हो ।

ब्राजिलका लागि खेलेको १९ औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७१ औँ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै टिमलाई फाइनल पुर्याउन सहयोग गरे ।

ब्राजिलले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्ने छ । उता अर्जेन्टिनाले खेलमा निकै पकड जमाए पनि गोल भने गर्न सकेन ।

टिप्पणी लेख्नुहोस्