अरबी महिलाहरुको संसारभर शुन्दरताको वर्णन
त्रिशुलीखबर
July 4, 2019


काठमाडाैं । अरबी महिलाहरुको शुन्दरताको वर्णन संसारभर हुनेगर्छ । शुन्दरताको कुरा गर्दा उनिहरुको प्रसंग नजोडी सुख्खै छैन । बान्की परेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठले अरबियन महिलाहरुलाई सौन्दर्यपूर्ण बनाएको छ ।

भनिन्छ, अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै शुन्दर र स्वस्थ्य हुन्छ । यी महिलाहरुको छाला मात्र हैन कपाल पनि उत्तिकै रेशम हुन्छ । ठूला आँखा र आकर्षक हेराइका कारण पनि उनिहरु प्रख्यात छन् । धेरैजसो बुर्का भित्र रहने अरेबियन महिलाहरुलाई मन पराउने धेरै छन् । नकाब भित्रबाट देखिएको शुन्दर आँखाले नै उनीहरुको थप शुन्दरताको बयान गर्छ । अरेबियन महिलाको सुन्दरता प्राकृतिक मात्र नभएर आफ्नो छालाप्रतिको हेरचाह पनि प्रमुख कारण हो ।

उनिहरु आफ्नो सुन्दरतालाई यथावत राख्नका लागि स्पेशल स्किन केयर अपनाउँछन् । यसको साथै स्वस्थ्यकर खाना खाने गर्छन् । आफ्नो शुन्दरताको हेरचाह ती महिलाहरुको पहिलो रोजाई हो ।

बुर्का लगाउँदा छालालाई सूर्यको हानिकारक किरण सँगसँगै प्रदूषण र धुलोबाट पनि बचाउँछ । बुर्कावाहेक आफ्नो छालालाई खराब किरणबाट बचाउनका लागि सनस्क्रिनको प्रयोग गर्छन् । अरबमा सनबाथको पारम्परिक संस्कृति रहेको छ । आज पनि अरेबियन महिलाहरु आफ्नो शुन्दरतालाई कायम राख्नका लागि प्राचिनदेखि चली आएको सनबाथ लिन रुचाउँछन् । नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसको साथै तातो पानीमा शरीरलाई घण्टौं डुबाएर राख्ने गर्छन् ।

प्राचिनकालमा नूरजहाँलाई गुलाब र राजकुमारी डायनालाई एभोकाडो अत्यन्तै मन पथ्र्यो । ती महारानीहरुको शुन्दरताको रहस्य नै घरमा बनेका सौन्दर्य प्रसाधनको प्रयोग थियो । यहि कुरालाई आज पनि अरेबियन महिलाहरु आत्मासाथ गर्छन् । उनीहरु आँखाको मेकअप गर्न निकै रुचाउँछन् । त्यसैले गाजल यिनीहरुलाई अत्यन्त प्रिय लाग्छ । आँखाको सुन्दरता बढाउनका लागि अरेबियन महिलाहरु घरमा बनेको गाजल लगाउने गर्छन् । यिनीहरुलाई अनावश्यक रौं आएको मन पराउँदैन । गुलाबजललाई प्राचिन कालदेखि नै सौन्दर्य प्रशाधनको रुपमा लिन्छन् । गुलाबजलले नेचुरल एस्ट्रिजेन्टको काम गर्छ । त्यसैले मध्यपूर्वी देशहरुमा त यो सबैभन्दा पुरानो सुन्दरताको राज मानिन्छ ।

चिल्लो र स्वादिलो खाना देख्नासाथ हामी खान थालिहाल्छौ । तर अरेबियन महिलाहरु हेल्दी डाइट खाने गर्छन् । खानामा फलफूल र सागपात खान्छन् ।

टिप्पणी लेख्नुहोस्