१० करोड लिइरहेका शाहिदको पारिश्रमिक एकाएक २१ करोड
त्रिशुलीखबर
July 4, 2019


एजेन्सी, मुम्बई । शाहिद कपुर अभिनित ‘कबीर सिंह’ उनको करियरकै सर्वाधिक हिट सिनेमा बनेको छ । सिनेमा हिट भएसँगै यसले बलिउडका केहि ठूला स्टारका सिनेमाको कमाइलाई पनि उछिनेको छ ।

सिनेमाले भारतको घरेलु वक्सअफिसमा मात्र २०० करोड भारू कमाइ गरिसकेको छ । सिनेमाले एक सातामा २०० करोड भारू कलेक्सन गरेको हो ।

Taran added, “#KabirSingh benchmarks…
Crossed ₹ 50 cr: Day 3
₹ 100 cr: Day 5
₹ 150 cr: Day 9
₹ 175 cr: Day 10
₹ 200 cr: Day 13
India biz.

Days taken to reach ₹ 200 cr… 2019 releases…
⭐️ #KabirSingh: Day 13
⭐️ #Bharat: Day 14
⭐️ #Uri: Day 28
India biz.”

Shahid Kapoor ‘kabir singh’ with Rahul Roy -right

पछिल्लो नयाँ कलाकारहरूले बलिउडमा बलियो उपस्थिति जनाइरहेको अवस्थामा ‘कबीर सिंह’को सफलताले शाहिदको करियरलाई रफ्तार प्रदान गरेको छ । सिनेमाबाट उनले तारिफ नै तारिफ बटुलिरहेका छन् । तारिफका खबरबीच शाहिदले आफ्नो पारिश्रमिक दोब्बर पारेका छन् ।

यसअघि उनले प्रति सिनेमा १० देखि १२ करोड भारू पारिश्रमिक बुझ्दै आएका थिए । अब उनले नयाँ सिनेमाका लागि २१ करोड भारू लिने भएका छन् ।

‘कबीर सिंह’को सफलताले सिनेमामा शाहिदको माग बढेकाले उनले आफ्नो पारिश्रमिक पनि बढाएका हुन्। खबरहरुका अनुसार हाल शाहिदलाई ठूला ब्यानरले सिनेमाका लागि प्रस्ताव गरिरहेका छन् ।

टिप्पणी लेख्नुहोस्