उपमेयर खड्की अस्पताल भर्ना, हृदयघातको आशंका
त्रिशुलीखबर
July 5, 2019


काठमाडौं, २० असार । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना हुनुभएको छ । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्राम लगायतको परीक्षण गर्ने तयारी भएको बताइएको छ । ‘त्यसपछि हृदयघात भएको हो कि होइन, हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ’, अस्पतालका सञ्चारविज्ञ आरपी मैनालीले बताए ।

उपमेयर खड्की छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि अस्पतालमा आएको उनका सहयोगीले बताएका छन् ।

टिप्पणी लेख्नुहोस्