कम्युनिस्टसँग अब लडाइँ सुरु भयोः काँग्रेस नेता रावल
त्रिशुलीखबर
July 5, 2019


काठमाडौं, २० असार । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कम्युनिस्टसँगको लडाइँ सुरु भइसकेको बताएका छन् ।

‘कम्युनिस्ट सरकारको लोकतन्त्र विरोधी चरित्रको सुदूरपश्चिम काँग्रेसले लगातार विरोध गरिरहेको छ । आसेपासे पोस्ने गरी ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेमा हाम्रो चर्को असन्तुष्टि छ । सोहीअनुसार लगातार सदन अवरोध गरिरहेको छौँ । यता सङ्घीय संसदीय दलका प्रमुख सचेतकज्यूले पनि कम्युनिस्ट सरकारको संविधान र लोकतन्त्रविरोध कदमको सशक्त प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । हामी थप खरो रूपमा उत्रिन्छौं,’ नेता रावलले भने ।

केन्द्र सरकारले ल्याएका ६ वटा विवादित विधेयकबारे गम्भीररूपमा अध्ययन गरिरहेको उनको भनाई छ ।

पछिल्लो समय सरकारले गलत मनसायका साथ ल्याएका ६ वटा विधेयकबारे प्रदेश सभाका काँँग्रेस सांसदहरुले गम्भीर अध्ययन गरिरहेको बताउँदै नेता रावलले २१ गते बस्ने संसद् बैठकमा यी विषयहरु जोडतोडका साथ उठाउने बताए ।

नेता रावलले यसअघि पनि आफूहरुले सरकारका जनविरोधी कार्यमा आवाज उठाउँदै आएको भन्दै फेरि थप प्रतिवादमा उत्रिने कसरत भइरहेको बताए ।

टिप्पणी लेख्नुहोस्