ओली र प्रचण्डलाई बाबुरामको प्रहारः क. दीपक मनाङेजस्तो वौद्धिक नेता भएको पार्टीमा मेरो के काम ?
त्रिशुलीखबर
July 5, 2019


काठमाडौं, २० असार । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई नेकपामा आउन अपिल गरेको केही घण्टा नबित्दै भट्टराईले भने आफू सत्तारुढ नेकपामा नआउने जवाफ फर्काएका छन् ।

देवेन्द्र पराजुली, पराजुली पत्नी समेत रहेकी पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमला लगायतलाई शुक्रबार नेकपा मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउँदै प्रचण्डले ‘बाबुरामको व्यक्तित्व नेकपामा आवश्यक’ रहेको र प्रधानमन्त्री ओलीले ‘बाबुराम मात्र होइन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेतलाई आफ्नो पार्टीमा आउन’ भनेका थिए । उनिहरुले बाबुरामको वौद्धिकताको अरु पार्टीमा काम नरहेको भन्दै कम्युनिष्ट आन्दोलनमै समाहित नभएसम्म बाबुरामको वौद्धिकता र पिएचडीको अर्थ नहुने अभिव्यक्ति दिएका थिए ।

यसको जवाफमा बाबुरामले ट्विटरमार्फत प्रतिवाद गरेका छन् ।

उनले चर्चित गुण्डा नाइकेको छवि बनाएका दीपक मनाङेलाई नेकपामा प्रवेश गराएको विषय जोडेर व्यंग्य गरेका छन् । कमरेड दीपक मनाङेजस्ता वौद्धिक भएको पार्टीमा अरु वौद्धिकको के काम ? भन्दै उनले प्रश्न गरेका छन् । भट्टराईले नेपाल कम्युनिष्ट पार्टीलाई ‘कमाउनिष्ट’ को संज्ञासमेत दिएका छन् । उनले लेखेका छन्, ‘कमरेड दीपक मनाङे जस्ता ‘वौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरू वौद्धिकहरू पनि आवश्यक पर्छ ?’

टिप्पणी लेख्नुहोस्