माउसुली खाएपछि उनको अण्डकोष सुन्निएर भोगटेजत्रै भएको थियो !
त्रिशुलीखबर
July 7, 2019


एजेन्सी । मान्छेले बाजी जित्नका लागि के सम्म गर्दैनन् ? बाजी जित्नका लागि गर्ने हर्कतका कारण मान्छेको ज्यान समेत जाँदो रहेछ ।

अष्ट्रेलियाको ब्रेसबेनमा बाजी जित्नका लागि माउसुली खाएपछि एकजना व्यक्तिको मृत्यु भएको छ ।

३४ वर्षका डेभिड डुभेलले माउसुली खान सक्छु भनेर साथीहरुसँग बाजी थापेका थिए । सोही बाजी जित्नका लागि उनले माउसुली समाएर खाए । माउसुली खाएसँगै उनको पेटमा फित्ते जुकाको संक्रमण भयो र त्यसको १० दिनपछि उनको मृत्यु भयो ।

डेभिडले एक पार्टीका क्रममा साथीहरुसँग लहलहैमा माउसुली खाने बाजी थापेका रहेछन् । माउसुली खाएको अर्को दिनबाट नै बिरामी परेसँगै उनले घरपरिवार सँग आफूले छेपारो खाएको कुरा बताएका थिए ।

संक्रमणका कारण उनले हरियो पित्त बान्ता गर्न थालेका थिए भने उनका अण्डकोष सुन्निएर भोगटेजत्रै भएको थियो । अण्डकोषबाट पानी चुहिंदा त्यस्तो समस्या उत्पन्न भउको हो ।

उक्त छेपारोको पेटमा निकै खतरनाक प्रजातिको फित्ते जुका हुन्छ । सोही फित्ते जुका स्तनधारीमा सर्दा त्यसले ज्यानै लिनसक्छ । डेभिडलाई पनि सोही फित्ते जुकाको संक्रमण भइ ज्यान गएको चिकित्सकले बताएका छन् । माउसुली निलेकै कारण संक्रमण भएर उनको मृत्यु भएको डाक्टरहरुले बताएका छन् ।

उनका एक पत्नी र तीन सन्तान छन् ।

टिप्पणी लेख्नुहोस्