फ्रीमा मेट्रो रेल चढ्न ३० पटक उठबस गर्नुपर्ने देश
त्रिशुलीखबर
July 7, 2019


एजेन्सी । विकसित देशहरुमा सहरी सार्वजनिक यातायातको सबैभन्दा प्रचलित माध्यम बनेको मेट्रो रेलमा अनेक खालका सुविधाहरु प्रदान गरिन्छ । रुसको मस्कोमा रहेको मेट्रो रेलले चाहीँ गज्जबको अफर चलाइरहेको छ । अहिले सोसल मिडियामा भाइरल बनिरहेको यो विषयले सबैको ध्यान तानिरहेको छ ।

मेट्रो रेलको फ्री टिकट पाउनका लागि यात्रुहरुले केवल ३० पटक उठबस गरे पुग्छ ।

उक्त अफरअनुसार दुई मिनेट भित्रमा ३० पटक उठबस गर्नसक्ने व्यक्तिले मेट्रो रेलमा सित्तैमा यात्रा गर्ने अवसर पाउँछन् । जनतालाई आफ्नो स्वास्थ्यप्रति सजग गराउनका लागि यस्तो निर्णय गरिएको अधिकारीहरु बताउँछन् ।

अहिले मस्कोको उक्त स्टेशनमा सित्तैमा टिकट पाउनका लागि मान्छेहरु उठबस गरिरहेका भिडियोहरु सोसल मिडियामा यत्रतत्र फेला पार्न सकिन्छ । टिकट मेसिनको अगाडि ३० पटक उठबस गरेसँगै मेसिनले एउटा टिकट उपलब्ध गराउँछ ।

स्मरण रहोस् रुसको राजधानी मस्को मोटोपन भएका मानिसहरुको सहरमा सबैभन्दा अग्रस्थानमा छ । त्यसले मानिसहरुको मोटोपना घटाउनका लागि सरकारको यो कदम निकै नै उत्कृष्ट मानिएको छ ।

टिप्पणी लेख्नुहोस्