आर्यन सिग्देलसँग दीपाश्रीको आइटम गीत ‘आज नगद भोली उधारो’
त्रिशुलीखबर
July 13, 2019


काठमाडौं । निर्देशक समेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अभिनेता आर्यन सिग्देलसँग आइटम नृत्य गरेको गीत ‘आज नगद भोली उधारो’ सार्वजनिक भएको छ । फिल्म ‘हजार जुनीसम्म’को यो गीतमा दीपाश्री र आर्यनको अलवा स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायत देखिएका छन् । गीतमा दीपाश्रीले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् ।

भदौ ६ गते रिलिज मिति तय भएको फिल्म ‘हजार जुनीसम्म’ को यो गीतमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीकै स्वर गीत सजिएको छ ।

विकास राज आचार्यको निर्देशन रहेको यो फिल्मको पटकथा सामिप्य राज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ यसका निर्माता रहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्