नेपाली चित्कारमाथि भारतीय अमानवीयताको हदः बाढीले फुटाएको बाँध फेरि थुन्यो
त्रिशुलीखबर
July 13, 2019


रौतहट, २८ असार । बाढीले फुटाएको बाँध भारतीय पक्षले फेरि थुनेर नेपाली भूमि डुबानमा पारेको छ ।

नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अस्वीकार गर्दै आएको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध शनिबार बिहान फुटेको थियो । भारतको बैरगनिया र रौतहट सदरमुकाम गौर बीचमा पर्ने बाँध पानीको उच्च बहावका कारण आफैं फुटे पनि भारतीय पक्षले सीमा सुरक्षा बल एसएसबी प्रयोग गरेर फेरि थुनेको हो ।

यसअघि फुटाएको बाँध

सोही बाँधका कारण सदरमुकाम गौरसहित अधिकांश भूभागमा १० फिटभन्दा गहिरो पानी जमेको थियो । लगातारको अबिरल वर्षाका कारण रौतहट पूरै डुबानमा पर्दा पनि भारतले बाँध खोल्न मानेको थिएन ।

नेपाली पक्षले बाँधको ढोका खोल्न आग्रह गरेपछि भारतले उल्टै बाँध भएको क्षेत्रमा आफ्नो सीमा सुरक्षा बल एसएसबी तैनाथ गरेको थियो । त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

टिप्पणी लेख्नुहोस्