‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोचबाट माथि उठेर सहयोग गर्न पूर्वराजाको आग्रह
त्रिशुलीखबर
July 14, 2019


काठमाडौं, २९ असार । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजाले आइतबार एक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्नेमा जोड दिएका छन् ।

प्राकृतिक प्रकोपको यो घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोचबाट माथि उठेर सहयोग गर्न पनि पूर्वराजाले आग्रह गरेका छन् ।

टिप्पणी लेख्नुहोस्