सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला
त्रिशुलीखबर
July 14, 2019


सिड्नी, असार २९ । अष्ट्रेलियाको सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन् ।

नेपालीसँग सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन् । सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए ।

आत्महत्या गरेको प्रारम्भिक अनुमान रहे पनि सत्यतथ्य विवरण अनुसन्धान पश्चात नै खुल्न सक्ने प्रहरीले जनाएको छ । हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाहीपश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएको छ ।

मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ ।

टिप्पणी लेख्नुहोस्