अनेरास्ववियुका नेतालाई नेविसंघको आर्थिक सहयोग
त्रिशुलीखबर
July 23, 2019


काठमाडौं, ७ साउन । अनेरास्ववियु नुवाकोटका पूूर्वअध्यक्ष केदार पुडासैनीलाई नेविसंघले आर्थिक सहयोग गरेको छ । नेविसंघका केन्द्रीय सदस्य जयराम दाहाल र नेबिसघं नुवाकोट क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि कृष्ण मित्रले पूर्वअध्यक्ष पुडासैनीलाई उपचारका लागि सहयोगस्वरूप १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पुडासैनीको कोठामा पुगेर उनिहरूले रकम हस्तान्तरण गरेका छन् ।

पूर्वअध्यक्ष पुडासैनी बिगत १० वर्षदेखि मृगौलाका पीडित व्यक्ति हुन् ।

आर्थिक स्थिति कमजोर भएका पुडासैनीलाई उनको उपचारमा सहयोग होस् भनी आर्थिक सहयोग हस्तान्तरण गरेको नेविसंघका नेता दाहालले बताए । वीर अस्पतालमा उपचारारत पुडासैनीलाई थप सहयोगको आवश्यकता रहेको समेत उनले बताए ।

पुडासैनी नुवाकोट बेल्कोटगढी नगरपालिका ८ निवासी व्यक्ति हुन् ।

टिप्पणी लेख्नुहोस्