परमाणु बमले पनि असर नपार्ने दुनियाकै सुरक्षित घर (भिडियोसहित)
त्रिशुलीखबर
July 25, 2019


एजेन्सी । यहाँ विश्वकै सबैभन्दा सुरक्षित घरको बारेमा चर्चा गरिँदैछ जसलाई परमाणु बलमे पनि कुनै असर पार्दैन ।

पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए । त्यसका लागि उनले पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरे र आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनको माग अनुसार कम्पनीले यस्तो घर बनाइदियो जसले सबैलाई हैरान पारिदियो ।

केडब्ल्यूके प्रोम्सले उक्त घर बनाउने कुरालाई एक चुनौतिको रुपमा लियो र आफ्ना ग्राहकको माग भन्दा पनि बढि सुरक्षित घर तयार गरिदियो । यो घरले अहिले दुनियाकै सबैभन्दा सुरक्षित घरको ताज पहिरिन सफल भएको छ ।

यो घरको सबैभन्दा ठूलो विशेषता के छ भने एक बटन दबाउँदा बित्तिकै यो घर तल(माथि, अघि(पछि सबैतिरबाट कंक्रिटका पर्खालले बन्द हुन्छ । त्यसरी छोपिँदा यो घर कुनै बन्द किल्ला जस्तो देखिन्छ । जब यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गर्दापनि यो घरभित्र कोहीँ छिर्न सक्दैन । यो घरमा छिर्नका लागि केवल दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नु पर्छ । त्यो पनि घरको मालिकले चाहे मात्र यस्तो हुन्छ ।

कम्पनीका अनुसार यो मजबुत तथा सुरक्षित घरको भित्री दृश्य पनि निकै सुन्दर छ । घरबाहिर एक स्विमिङ्ग पुल पनि छ । यद्यपि यो स्विमिङ्ग पुललाई छोप्न सकिँदैन ।

कंक्रिटका अलावा धातुको शटरले यो घरलाई अझै बढी सुरक्षित बनाएको छ । यो घर पूर्ण रुपमा बन्द भएपछि यसलाई परमाणु बमले पनि कुनै असर पार्दैन ।

भिडियोः

टिप्पणी लेख्नुहोस्