गौशालाका सईद्वय पाण्डे र स्वर्णकार घुस लिँदालिँदै पक्राउ
त्रिशुलीखबर
July 25, 2019


काठमाडौं, ९ साउन । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत दुई प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले सईद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा बुधबार साँझ पक्राउ गरेको हो । सईद्वय पाण्डे र स्वर्णकारले सार्वजनिक अपराधको मुद्दा छिटो मिलाइदिने भन्दै एक सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

सेवाग्राहीले सो को जानकारी अख्तियारलाई दिएपछि अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीलाई उनीहरुलाई १८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

टिप्पणी लेख्नुहोस्