डेभिडफल्समा खसेका किशोरको चार दिनपछि उद्धार
त्रिशुलीखबर
July 25, 2019


पोखरा, ९ साउन । पोखराको डेभिडफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको प्रहरीले उद्धार गरेको छ।

४ दिनअघि माछा मार्न भनेर गएका १६ वर्षीय अञ्जन सुनार दोभनको खोल्सामा खसेका थिए। खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण पोखरामा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्र विष्टको टोलीले उद्धार गरेको हो।

अञ्जनको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।

टिप्पणी लेख्नुहोस्