अभिनेत्री नीताको ‘माया’ पक्कापक्की
त्रिशुलीखबर
July 26, 2019


काठमाडौं, १० साउन । नायिका नीता ढुंगानाले केहि बर्ष अगाडी आफ्नो व्यानरको स्थापना गरेकी थिइन्। उनको व्यानरबाट बल्ल अहिले फिल्म बन्ने भएको छ।

नीता फिल्मस्बाट बन्ने यस चलचित्रको अभिनेत्री तर्फको प्रमुख भूमिका नीताले नै निभाउने छिन्। यस फिल्मको अभिनेता भने कोशीस क्षेत्री रहने निर्माण पक्षले जानकारी दिएको छ।

हाल फिल्मको लेखन कार्य भइरहेको छ भने फिल्मको निर्देशन समुन्द्र भट्टले गर्नेछन्। प्रेम कथामा आधारित यस फिल्मको कथा अभिनेत्री नीताकै हो भने संगीत अभिनेता कोशीसकै रहनेछ।

फिल्मको नाम भने ‘माया’ रहने पक्कापक्की भएको छ।

टिप्पणी लेख्नुहोस्