शिल्पाको पहिलो श्रीमान सार्वजनिक
त्रिशुलीखबर
July 27, 2019


काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको विवादको विषय पछिल्लो समय सामाजिक सञ्जालमा हट केकको विषय बनेको छ।

केही दिन अगाडी आफूमाथि घरेलु हिंसा भएको भनि प्रहरीमा उजुरी दिएपछि उनीहरुबीचको सम्बन्धमा खटपट छाएको हो। आफूलाई कानको जालि फुट्नेगरी हिर्काएको भन्दै शिल्पाले दिएको अभिव्यक्तिले विषय विकराल बन्दै गएको थियो। घटनाकाले आफ्नो स्वरुप परिवर्तन गदै गएको छ।

शिल्पा र छविले सामाजिक सञ्जालमा दिएको अन्तवार्तामा उनीहरू एक अर्काका विरोधी छन्। त्यसैमाथि छवीकी श्रीमति हेमा ओझले बहुबिवाहको उजुरी दिएसंगै घटनाको स्वरुप नै परिर्वत भएको छ।

यतिबेला शिल्पाले आफुले डिर्भोस फाइल गरेको खबर बाहिरेसंगै छवीको जेठी श्रीमति हेमाले उनीहरुको विचमा बहुबिवाहको मुद्धा दर्ता गराएकी छन्। यो संगै शिल्पाले दाई बनाएका विकास रौनियार र सम्झना रौनियारलाई पनि सहयोग गरेको आरोपमा उजुरी दर्ता भएको छ।

तर शिल्पा र छवी भुमिगत भएको खबर आइरहदा प्रहरीले विकास र सम्झनालाई पनि केही गरेको छैन्। सामाजिक सञ्जालमा छवीले शिल्पालाई उनको पनि दोस्रो बिहे त हो भने पछि उनको श्रीमान को हो भन्ने कौतुहलता सबैमा थियो तर शिल्पाले आफनो बाईफ्रेन्ड मात्र भएको बताउँदै आएकी थिइन्।

तर अहिले एक अन्तर्वाता मार्फत उनको बिवाह भएर डिभोर्स भएको र उनको पूर्व श्रीमानको नाम विकास विसि रहेको खुलासा प्रोडुसर रोशन कुमारले गरेका छन्। उनले भने –‘उनीहरु एक आपमा लिभिङ टुगेदरमा थिए, त्यो सबैलाई थाहा छ । तर बिवाह कहिले भयो त्यो थाहा छैन । एक दिन शिल्पाले आएर मलाई, मैलै विकासलाई डिर्भोस दिए नि भनेपछि थाँहा पाए कि उनीहरुको बिवाह भइसकेको रहेछ ।’

टिप्पणी लेख्नुहोस्