रसुवामा टाटासुमो पुरिँदा दुई जनाको मृत्यु, ८ जना घाइते
त्रिशुलीखबर
July 27, 2019


रसुवा, ११ साउन । गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडा हुँदै गइरहेको टाटासुमो ढुंगोसहित खसेको पहिरोमा परेको छ। पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। गडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

काठमाडौंबाट रसुवा जाँदै गरेको ना१ज ७८२४ नम्बरको टाटासुमोमा ९ जना यात्रारत थिए। जसमध्ये २ जनाको मृत्यु भएको हो भने अन्य ७ जनामध्ये २ जनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए।

प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छन्।

घटनामा ज्यान गुमाएहरुको सनाखत भएको छैन। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र आवश्यक देखिए काठमाडौं ल्याउने तयारी भइरहेको छ।

सुमो चालकलाई भने केही भएको छैन।

टिप्पणी लेख्नुहोस्