‘नाचौं छम छम’ मा पल र आंचलको ‘छमछमी’
त्रिशुलीखबर
July 28, 2019


काठमाडौं, १२ साउन । नायक पल शाह र नायिका आचल शर्मा अभिनित ‘नाचौं छम छम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यस गीतका संगीतकार कमल अधिकारी हुन् भने गीतमा स्वर मेलिना राईले दिएकी छिन्। ‘तिमी हाँसेको पल’ बोलको गीतबाट चर्चा कमाएका गीतकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको ‘नाचौं छम छम’ गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्।

छायाङ्कनमा नाम चलेका छायाँकार अर्जुन तिवारीले यस गीतलाई फिल्माएका छन्। संगीत र संगीत संयोजन कमल अधिकारिकै रहेको छ।

गीतको भिडियो हेर्न सक्नुहुनेछः

टिप्पणी लेख्नुहोस्