नेपाली काँग्रेस काठमाडाैं–तादी (नुवाकोट) सम्पर्क समितिमा २१ सदस्यीय नयाँ कार्यसमिति
त्रिशुलीखबर
July 28, 2019


काठमाडौं, १२ साउन । नेपाली काँग्रेस नुवाकोट जिल्ला अन्तर्गत तादी गाउँपालिका काठमाडौं सम्पर्क समिति गठन भएको छ। गठन भएको नयाँ समितिका अध्यक्षमा रामेश्वर अधिकारी चुनिएका छन्।

तादी गाउँपालिकाबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसायमा रहेका नेपाली काँग्रेसका सदस्यहरु मध्येबाट २१ सदस्यीय समिति बनाइएको समितिका सल्लाहकार हेमन्त सिटौलाले त्रिशुलीखबरलाई बताए। जसमध्ये ७ जना पदाधिकारी रहेका छन् भने १५ जना सदस्यका रुपमा चयन भएका छन्।

वरिष्ठ उपाध्यक्षमा माधव लामिछाने चुनिएका छन् भने उपाध्यक्षमा राधाकृष्ण तिमिल्सिना रहेका छन्। त्यसैगरी सचिव दिपक ख़नाल, सहसचिव कृष्णबहादुर तामाङ, कोषाध्यक्ष रमेश अधिकारी, सह–कोषाध्यक्ष कमला तामाङ रहेका छन्।

सर्वसम्मत रुपमा चुनिएको कार्यसमितिमा वसन्त थापा, रघुनाथ भण्डारी, केशवराज श्रेष्ठ, भिमसेन विश्वकर्मा, उपेन्द्र दाहाल, प्रमोद सिलवाल, हेरम्भ न्यौपाने, सगुन तामाङ, नारायण खनाल, रमेश तामाङ, प्रकाश तामाङ, सिताराम तामाङ, अनिल तामाङ, केदार खनाल र राजेन्द्र भण्डारी सदस्यका रुपमा रहेका छन्।

सल्लाहकारमा हेमन्त सिटौला रहेका छन्। सो अवसरमा नयाँ कार्यसमितिले वृहत्तर हितमा समर्पित हुनेगरी पाएको जिम्मेवारी सदुपयोग गर्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्