कांग्रेस नेता श्रेष्ठको आत्महत्या रहस्यमय बन्दै, शरिरमा कुनै घाउचोट देखिएन -भिडियोसहित
त्रिशुलीखबर
July 29, 2019


काठमाडौं, १३ साउन । नेपाली कांग्रेस पर्वतका सचिव, लायन्स क्लबका पूर्व गभर्नर एवं बालुवाटार जग्गा प्रकरणका अभियुक्त युक्तप्रसाद श्रेष्ठको आत्महत्याबारे अनेकन प्रश्न उठ्न थालेको छ। श्रेष्ठ आइतबार काठमाडौं महानगरपालिका –१६ बालाजुको माछापोखरी चोकमा रहेको हिमालय सिटी सेन्टरको आठौँ तलाको रेष्टुरेन्टबाट हामफालेर आत्महत्या गरेको भनिएकको थियो । श्रेष्ठका आफन्तहरूले मृत्यु रहस्यमय भएको बताएका छन्।

श्रेष्ठको ढलेको फोटोको सामान्य अवस्थालाई हेर्दा उनी आठौं तला माथीबाटै हाम फालेको होलान् त? भन्ने शंका उब्जने खालको देखिन्छ। हुन त श्रेष्ठका आफन्तले अस्पतालमा देखेको र पोष्टमार्टम रिपोर्टले बताएअनुसार उनको शरिरमा कुनै घाउचोट नरहेको बताइएको छ। आठ तला माथीबाट खसेर मृत्यु भएका मानिसको शरीरमा कुनै घाउचोट र रगत नदेखिनु र मुखमा समेत कुनै र्याल वा फिँज समेत नदेखिनुले श्रेष्ठले आत्महत्या गरेका हुन् वा घटना रहस्यमय हो भनी आफन्तहरुले प्रश्न उठाएका छन्।

स्रोतका अनुसार उक्त रेष्टुरेन्टमा रहेका दुई वटै सीसी क्यामेरा बिगारिएको छ। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान लिँदा निर्धक्कसँग माथिको आदेशमा काम गरेको बताउने श्रेष्ठको यो रहस्यमय मृत्युको बारेमा निष्पक्ष छानविन हुनु आवयश्कयक भएको छ।

टिभी अन्नपूर्णले श्रेष्ठको मृत्युपछि घटनास्थलमा पुगेर तयार पारेको रिपोर्ट जहाँ प्रत्यक्षदर्शी र आफन्तसँगको कुराकानी समेत समावेश गरिएको छ। तल हेर्न सक्नुहुन्छ।

 

टिप्पणी लेख्नुहोस्