१०४ वर्षीय वृद्धको छतबाट खसेर मृत्यु
त्रिशुलीखबर
July 29, 2019


नवलपरासी, १३ साउन । नवलपरासीको कावासोती नगरपालिका नवदुर्गा टोलका १०४ वर्षीय वृद्धाको छतबाट खेसेर मृत्यु भएको छ। छिमेकीको तीन तले घरको छतबाट खसेर स्थानीय बोदिलाल रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

१०४ वर्षका वृद्ध रेग्मीको घटनास्थलमा मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

मस्याङ्गीमा एकजना पुरुषको शव फेला

यस्तै तनहुँको बन्दीपुर गाउँपालिका ४ नयाँपुल नजिकै मस्याङ्गी नदीको किनारमा एकजना पुरुषको शव फेला परेको छ।

२५-३० वर्ष उमेरको देखिने युवाको नामथर र वतन नखुलेको प्रहरीले जनाएको छ।

टिप्पणी लेख्नुहोस्