प्रहरीद्वारा १३ जुवाडे ६४ हजार नगदसहित पक्राउ
त्रिशुलीखबर
July 29, 2019


पश्चिम परासी, १३ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भतौडीबाट प्रहरीले १३ जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। स्थानीय बोलेन्द्र खड्काको पोल्ट्री फार्ममा जुवा खेलाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुनवलको टोली त्यहाँ गएको थियो।

जुवा खालबाट ६४ हजार ६ सय रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका सबैलाई जुवा मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

टिप्पणी लेख्नुहोस्