पूर्वउपसचिवको छोरीलाई ताकेरै किन चल्यो गोली?
त्रिशुलीखबर
July 30, 2019


काठमाडौं, १४ साउन । सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एक्कासि सिसा फुटेको आवाज आयो। शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि घरका सदस्य त्यसतर्फ दौडिएर पुगे।

त्यहाँ पुग्दा कोठाभित्र गोली जस्तो देखिने वस्तु देखियो। लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे।

‘हामी गएर हेर्दा पेस्तोल नभई सानो २.२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भयो’, काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख उत्तमराज सुवेदी भन्छन्, ‘यो किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुनेगर्छ।’ गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। हालसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने देखाएको जनाइएको छ।

तर, घटनापछि कसैको नियत थियोरथिएन भन्ने अझै निर्क्योल भइसकेको छैन। ‘हामीले वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘गोली चलेको हतियारवाहक मानिस भेटिएपछि थप खुल्छ।’

महाशाखाको टोलीले उक्त हतियार कहाँबाट चल्यो भन्नेबारे खोजी थालेको छ। घटनास्थल वरिपरिका घरमा प्रहरीले सोधपुछ गरिरहेको छ।

टिप्पणी लेख्नुहोस्