नेपाल एसविआइ बैंकको नाफा २ अर्ब ३० करोड
त्रिशुलीखबर
July 30, 2019


काठमाडौं, १४ साउन । नेपाल एसविआइ बैंकले आफ्नो नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले नाफा बढाएको हो। आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा २ अर्ब २ करोड थियो ।

आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब १४ करोड ब्याज आम्दानी गरेको बैंकले गतवर्ष ४ अर्ब ७४ करोड रुपैयाँ पु¥यायो।

गत वर्षको तुलनामा बैंकले निक्षेप र कर्जा दुबै विस्तार गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा ८४ अर्ब २२ करोड निक्षेप संकलन गरेको बैंकले गत वर्ष ९७ अर्ब ८८ करोड पु¥याएको छ। यस्तै सोहि अवधिमा कर्जा ७२ अर्बबाट ८४ अर्ब बनाएको छ।

बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशत नै कामय गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.३८ प्रतिशत छ अघिल्लो वर्षको तुलनामा कर्जा निक्षप अनुपात फेरिएको छैन। बैंकको बेसरेट ९.७२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १०.१२ प्रतिशत थियो। बैंकले वर्ष भरिको निक्षप र कर्जाको व्याजदरको अनुपात ४.४३ प्रतिशत कायम गरेको छ। बैंकको प्रति सेयर आम्दानी २७.२६ रुपैयाँ रहेको छ। प्रतिशेयर नेट वेर्थ भने १६७.६९ छ।

टिप्पणी लेख्नुहोस्