कंगनाको फिल्मले कमायो तीन दिनमा २२ करोड ४ लाख
त्रिशुलीखबर
July 30, 2019


मुम्बई, १४ साउन । कंगना रनौट तथा राजकुमार राव अभिनित मनोवैज्ञानिक थ्रिलर ‘जजमेन्टल है क्या’ले वक्सअफिसमा सुखद सुरूवात गरेको छ।

प्रदर्शनको दिन शुक्रबार ४.२० करोड भारूको कारोबार गरेको सिनेमाले दोश्रो दिन शनिबार त्यसमा ५० प्रतिशतले बढोत्तरी गर्दै ११.२ करोड भारूको कारोबार गरेको भारतीय वक्सअफिससम्बन्धी समाचारका लागि चर्चित कोईमोई डटकमले जनाएको छ।

सिनेमाले आइतबार पनि उलेख्य व्यापार गरेको सो साइटले जनाएको छ। उसका अनुसार पहिलो सप्ताहन्त शुक्रबार, शनिबार र आइतबार गरेर सिनेमाले कुल २२.०४ करोड भारू कमाएको छ।

सिनेमाले एकल पर्दामा भने सोचे अनुरूपको व्यापार गर्ने सकेको छैन। सिनेमाले समीक्षक र दर्शकबाट राम्रो रेटिङ र प्रतिक्रिया पाइरहेको छ।

टिप्पणी लेख्नुहोस्