साथीको घरमा गएका किशोरको मोवाइलमा गेम खेल्दा मृत्यु
त्रिशुलीखबर
August 1, 2019


विराटनगर, १६ साउन । चार्जमा राखेको मोवाइल खेल्दा बुधबार एकजनको ज्यान गएको छ। मोरङको लेटाङ नगरपालिका –३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो। चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए। सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुबैजना एउटै खाटमा सुतेका थिए। खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको थियो।

प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ।

टिप्पणी लेख्नुहोस्