गर्भवती महिलाको बच्चासँगै जे निस्कियो, डाक्टरहरु भए हैरान !
त्रिशुलीखबर
August 1, 2019


एजेन्सी । भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो। महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो।

वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको बताइन्। जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घाउ देखियो। परिवारले त्यसलाई साधारण घाउ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे। जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग बन्दुकको गोली पनि निस्कियो। यो देखेर डाक्टर अचम्ममा परे। उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए।

पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो। के भयो भनेर कसैले बुझ्न सकेनौं। त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो। परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो।’

यहाँ भाग्य नै भन्नुपर्छ कि गोलीले न त बच्चालाई केही हानी पुर्यायो न रुपालाई केही भयो। डाक्टरले पेटमा गोली लागेको बताए। पेटभित्र छिरेको गोलीले कुनै पनि आन्तरिक अंगलाई क्षती भएन।

नगरथाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गोली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो। आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले बताएको छ।

टिप्पणी लेख्नुहोस्