पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने
त्रिशुलीखबर
August 4, 2019


रामेछाप, १९ साउन । सर्वहाराको नेतृत्व गरेर र ठूलो संख्यामा हताहती व्यहोरेर आएका नेता हुन् प्रचण्ड। उनले जनयुद्धको नेतृत्व गरे, जसले १७ हजार नेपालीको ज्यान लियो। अहिले उनलाई जनतालाई भुग्रोमा पारेर आफु मोजमस्तीको जीवन जिउने नेताका रुपमा अथ्र्याउन थालिएको छ। एक कठ्ठा जमिन र तीन तोला सुन भएको सम्पत्ति विवरण बुझाएका तिनै प्रचण्ड घुमघाम, उपचार तथा आरामका लागि अमेरिका, सिंगापुर र दुवईतिर गइरहन्छन्। उनलाई लाग्छ, केही मानिसहरु यसप्रकारका हल्लामा लागेको र निराधार आक्षेप लगाइरहेका छन्। यो आरोप पुर्वाग्रही हो वा सत्य यसको जवाफ आउने दिनमा जनताले दिनेनै छन्।

अहिले भने, तिनै नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए। ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न आग्रह गरे।

शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए। थापाको नाम नलिइ नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिल सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरे।

टिप्पणी लेख्नुहोस्