साम्राज्ञीको हट किस !
त्रिशुलीखबर
August 5, 2019


काठमाडौं । आउदो तीज (भदौ १३ गते)बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा साम्राज्ञी राज्यलक्ष्मी शाहले पुष्प खड्कालाई गरेको एकोहोरो प्रेम देखाइएको छ ।

राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरेको ट्रेलरमा पुष्पको एक्सन पनि देख्न सकिन्छ । पुष्पले पहिलो पल्ट एक्सन गरेका हुन् । शाहिल खानले सम्पादन गरेको ट्रेलरमा रेबिका गुरुङलाई पनि देख्न सकिन्छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह निर्माताका रुपमा रहेका छन् ।

फिल्ममा पुष्प, साम्राज्ञी र रेबिकाका अलावा विनोद भट्टराई, शंखर सेढाईं, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन र गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत गरेका छन् । सञ्जय लामाले यस फिल्मलाई खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

टिप्पणी लेख्नुहोस्