संसारकै सुन्दरी नर्स, अस्पतालमा उनलाई हेर्नकै लागि लाग्छ भिड
त्रिशुलीखबर
August 6, 2019


एजेन्सी । अहिले एक जना नर्सको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई संसारकै सुन्दर नर्स भनेर कमेन्ट आइरहेका छन् ।

ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी छन् । उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ । उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, ती हट नर्सलाई हेर्नकै लागि आउँछन् ।

इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायतका विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । इन्स्टाग्राममा उनले अपलोड गरेका केही तस्वीर यस्ता छन् ।

टिप्पणी लेख्नुहोस्