बालुवाटारमा भीषण आगलागी
त्रिशुलीखबर
August 7, 2019


काठमाडौं, २२ साउन । बालुवाटारमा आगलागी भएको छ । बालुवाटार चोकमै रहेको पेट्रोलको रिजर्भ ट्यांकीमा आगलागी भएको खबर आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।

आगलागी भएको स्थान बिग मार्ट नजिकै रहेको उनले बताए । ज्ञवालीका अनुसार घटनास्थलमा प्रहरी र सेनाको टोली पुगिसकेको छ भने दमकल पनि पुग्दैछन् ।

दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्