ठमेलका व्यवसायीको ३ करोड उठाएर दिव्यमन्त्र सहकारीका सञ्चालक फरार
त्रिशुलीखबर
August 9, 2019


काठमाडौं । तीनकुनेमा मुख्य कार्यालय भएको दिव्यमन्त्र बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तीन करोड रुपैयाँ लिएर फरार भएका छन् । करिब ५ सयभन्दा बढी सदस्य रहेको सो सहकारी बचतका सञ्चालकहरु अहिले बचतकर्ताको रकम फिर्ता गर्न नसकी फरार भएका छन् ।

महानगरीय प्रहरी बृत्त तिनकुनेका अनुसार बचतकर्ताको उजुरीको आधारमा सहकारीमा प्रहरीले छापा मारेको र एक महिला कर्मचारीलाई पक्राउ गरेको छ ।

सो सहकारीले सर्वसाधरणबाट धेरै व्याजमा निक्षेप उठाएको र सो निक्षेप फिर्ता दिन नसकेपछि सहकारी समस्यामा परेको थियो । समस्यामा पर्ने वित्तिकै सहकारीका सञ्चालकहरु भने फरार रहेका थिए । १७ प्रतिशत व्याज दिन्छु भनेकोले आफुले बचत राखेको ठमेलमा विजी बेकरी क्याफे सञ्चालन गरिरहेका मनकुमार तामाङले बताए । उनका अनुसार सहकारीका अध्यक्ष राजन कुटुवार भने धेरै दिनदेखि नै फरार छन् । तामाङकत्त मात्र सो सहकारीमा सात लाभन्दा बढी रकम बचत छ ।

उनीजस्तै पीडित धेरै छन्, ठमेलमा नै पसल राखेर बसेका सिन्धुपाल्चोकका शिखर दुलालले भने,‘ मेरो पनि केही रकम डुवेको छ, प्रहरीले सञ्चालक भेटेको छैन काम गर्ने कर्मचारीलाई पक्राउ गरेर लगेको छ ।’

सहकारी विभागबाट अनुमति नलिइ ठमेलमा शाखा खोलेर कारोबार गरिएको पाइएको छ ।

रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ व्याज निर्धारण समितिले १६ प्रतिशतभन्दा कम कर्जा र १० प्रतिशतभन्दा बढी निक्षेपमा व्याज दिनुपर्ने गरी व्याजदर तोकेको थियो । सो नीति विपरित एक हप्ताअघि मात्र सहकारीले निक्षेपमा धेरै व्याज दिँदा सर्वसाधरण व्याज पाउने लोभमा आकर्षित हुने नीति लिएको बताइन्छ ।

टिप्पणी लेख्नुहोस्