स्वयम्भुमा लुटेरामाथि प्रहरीले गोली चलायो
त्रिशुलीखबर
August 9, 2019


काठमाडौं, २४ साउन । काठमाडौंको स्वयम्भुमा शुक्रबार गोली चलेको छ । लुटेरा समूहमाथि कारवाही गर्ने क्रममा प्रहरीले गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए ।

त्यसठाउँमा लुटेराहरू भएको खबर आएपछि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोली पुगेको थियो, सोही क्रममा लुटेरा समूह भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको हो । सो समूहका एक मिलन तामाङ घुँडामुनी गोली लागेर घाइते भएका छन् भने अर्का अमृत तामाङ पक्राउ परेका छन् ।

प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले दिएको जानकारी अनुसार उनिहरूमाथि थप अनुसन्धान भइरहेको छ र घाइतेको उपचारका लागि अस्पताल लगिएको छ ।

टिप्पणी लेख्नुहोस्