दुप्चेश्वरका तामाङद्वय पक्राउ, सुनबहादुरसँग कनेक्शनको आशंका
त्रिशुलीखबर
August 12, 2019


नुवाकोट । नेपाली युवतीलाई दिल्लीमा पु¥याइ बेच्ने कार्यमा संलग्न नुवाकोटका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका –७ का २८ वर्षीय अजय तामाङ र २० वर्षीय राजु तामाङ रहेका छन् ।

उनीहरुलाई प्रहरीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो ।

नयाँ दिल्लीमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारेर युवतीलाई बेचेको प्रहरीले बताएको छ । उनीहरूको दिल्लीस्थित एक कोठी सञ्चालकसँग राम्रै कनेक्शन देखिएको समेत अनुसन्धानका क्रममा फेला परेको प्रहरीको दावी छ ।

प्रहरीले दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

उनीहरुबाट पीडित भएका अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसार–पसार अभियोगमा प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेका अजयको मोबाइलमा नेपाली युवतीहरुको फोटो र उनले भारतका विभिन्न शहरमा रहेका कोठी सञ्चालकसँग गरेको बार्गेनिङ विवरणहरु फेला परेको छ ।

उनकी श्रीमतीले कोलकाताको सोनागाक्षीमा सञ्चालन गरेको कोठीवाहेक अन्यस्थानमा समेत अजयले युवतीको मोलमोलाइ गरेको भेटिएको प्रहरीको भनाई छ । ‘यो गिरोहले धेरै युवती भारत पुर्‍याएको मोबइलमा भेटिएका विवरणले पुष्टि गर्छ,’ अनुसन्धानमा खटिएका डीएसपीले भने, ‘समूहका नाइके र कोलकाता–नुवाकोट कनेक्सन खोतल्दै छौं ।’

अनुसन्धान अधिकारीका अनुसार यसकाण्डमा सुनबहादुर तामाङसँग समेत अजयको सम्बन्ध हुनसक्ने तथ्य प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् ।

टिप्पणी लेख्नुहोस्