नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

काठमाडौं, फागुन ६ । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ......

नेकपाको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश

काठमाडौं, फागुन ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको......

शिक्षामन्त्रीको प्रस्ताव : चैतभित्रै स्ववियु चुनाव गरौं

काठमाडौं, फागुन ६ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले चैतभित्रै स्ववियु चुनाव गराउन प्रतिपक्षी......

राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष......

त्रिवि उपकूलपति कार्यालय घेराउ

काठमाडौं, फागुन ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकमा संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश......

नेकपाको सचिवालय बैठक जारी

काठमाडौं, फागुन ६ । नेकपा सचिवालयको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् । एकताका लागि रामबहादुर थापाको......

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, फागुन ६ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विभिन्न चार मन्त्रीले आफ्नो मन्त्रालयका बारेमा उठेका प्रश्नबारे संसदमा जवाफ दिँदै छन् । दिउँसो १ जबे बस्ने बैठकमा रक्षा मन्त्री, शिक्षा मन्त्री, उर्जा मन्त्री र भौतिक पूर्वाधार......

कम्युनिष्टले छाडेको मुद्दा राप्रपाले उठायो !

काठमाडौं, ५ फागुन । नेपालमा कम्युनिष्ट आदर्श बोकेका धेरै पार्टीहरू छन् । उनिहरूको महत्वपूर्ण र बिकाउ मुद्दा भारतसँग गरिएको शान्ति तथा मैत्री सन्धीसँग सम्बन्धित छ । सन् १९५० मा राजा, राणा र काँग्रेसको संलग्नता......

प्रधानमन्त्रीको शासनकीय योग्यता नै देखिएन :कांग्रेस

काठमाडौं, फागुन ५ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको उसको दाबी छ ।......

आयुक्त पाठकलाई तत्काल कारबाही गर्नुपर्छ : पूर्वमन्त्री तामाङ

काठमाडौं, फागुन ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका......

मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार बढ्यो :कमल थापा

काठमाडौं, फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रधिकार बढाउन माग गरेको छ । नेपाली सेना र न्यायालयसँगै मन्त्रिपरिषदको निर्णयमार्फत हुने भ्रष्टाचारको छानबिनको जिम्मा पनि अख्तियारलाई दिनुपर्ने उसको माग छ......

प्रस्तावित अध्यक्ष विरुद्धको सुनुवाई आउँदो मंगलबार

काठमाडौं, फागुन ५ । पाँच संवैधानिक आयोगका अध्यक्षमध्ये चारजनाको सुनुवाई आउँदो मंगलबार हुने भएको छ । परिषदको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका......

सूचना सम्प्रेषण गर्न सरकारको आह्वान

काठमाडौं, फागुन ५ । सरकारले फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवस सम्बन्धी सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ । ६९ औं प्रजातन्त्र दिवस......

९ सय ४७ स्थानका लागि उपनिर्वाचन गराउने तयारी सुरु

काठमाडौं, फागुन ५ । सरकारले रिक्त रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । निर्वाचन गराउनका लािग स्थानीय तह र निर्वाचनसँग सम्बन्धित कतिपय ऐनहरु संशोधन गरेर......

भ्रष्टाचारमा सङ्लग्नलाई कारवाही हुनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं, फागुन ५ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका......

समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित

काठमाडौं, फागुन ४ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका छन । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औँ......

बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा......

विकास र समृद्धिको अभियानमा एक भई अगाडि बढौँ : प्रचण्ड

भक्तपुर, फागुन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन......

सरकारको एक वर्षको उपलब्धी (पूर्णपाठ सहित)

काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा सरकारले समृद्धिको लहर ल्‍याइरहेको दाबी गरेका छन्। सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै विकास र समृद्धिलाई सँगैँसँगै......

मस्यौदा समितिको समयावधि १५ दिन थप

काठमाडौं, फागुन २ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश......