• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
आज: २०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    १ साल अघि

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    १ साल अघि

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    १ साल अघि

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    १ साल अघि

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    १ साल अघि

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    १ साल अघि

    एकान्तबासमा योग प्रशिक्षण

    १ साल अघि

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    १ साल अघि

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १ साल अघि

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    १ साल अघि

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

  • मुख्य समाचार
  • समाचार
  • त्रिशुली अपडेट
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
आज: २०८२ अषाढ १६, सोमबार
in
FLASH NEWS
  • १बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण
  • २कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको
  • ३लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने
  • ४एकान्तबासमा योग प्रशिक्षण
  • ५अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो
  • ६कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
  • ७जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ
  • ८जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

लोकप्रिय खबर

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग

नियमित स्वास्थ्य सेवा नहुँदा बालबालिका थप जोखिममा

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

होमपेज /  अन्तरवार्ता
  • ९९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

  • त्रिशुली खबर
  • २०८१ बैशाख ३१, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ । ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन’, सामाजिक विकासमन्त्री दल रावलले भने, ‘कोरोना भाइरसविरुद्ध कर्णालीमा अहिले एक महिने मेडिकल मार्च अभियान शुरु गरेका छौँ ।’ कोरोनामुक्त कर्णालीका लागि मेडिकल मार्च शुरु गरिएको उनको भनाइ छ । यसका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको बताउँदै उनले हालसम्मको कोरोना रोकथाम, नियन्त्रण र पूर्व तयारीका गतिविधि सन्तोषजनक रहेको बताए ।

    ‘कोरोना भाइरस जोखिमबाट कर्णाली पनि अछुतो रहन सक्दैन् तर यसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि हामी निकै लागिपरेका छौँ’, मन्त्री रावलले भने, ‘रु ५० करोडको कोरोना कोष स्थापना, क्वारेन्टाइन, आइसोलेशन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ ।’

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाई कोरोना भाइरस नियन्त्रणका लागि हबका रुपमा अघि बढाइएको छ । यी अस्पताललाई आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ । हालसम्म कर्णाली ‘ग्रीन जोन’का रुपमा छ । ‘यो भाइरसको सङ्क्रमण नियन्त्रणमा स्वास्थ्यकर्मी, स्थानीय सरकार र प्रशासनको ठूलो भूमिका छ’, उनले भने, ‘कोरोना भाइरसमुक्त कर्णाली भनेर भन्ने दिनको पर्खाइमा छौँ ।’

    कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई मध्यनजर गर्दै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको टोली खटाएको छ । ‘मेडिकल मार्च’ नाम दिइएको यो अभियानमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको छ । मेडिकल मार्चमा सुर्खेतस्थित प्रदेश अस्पतालबाट ११ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९ जना चिकित्सक खटिएका छन् । बाँकी ७ स्थानमा सम्बन्धित जिल्लाका चिकित्सक जाने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कुनै स्थानमा दुई चिकित्सक खटाइएका छन् । एउटा टोलीमा चिकित्सकसहित सरदर छ जनाका दरले स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । यस हिसाबले मेडिकल मार्चअन्तर्गत एकैपटक करिब २ सय चिकित्सक र स्वास्थ्यकर्मी कर्णालीका बस्तीमा युद्धस्तरमा खटिएको मन्त्री रावलले बताए । उनका अनुसार प्रतिष्ठानको टोली जुम्ला, कालीकोट, मुगु र हुम्ला तथा प्रदेश अस्पतालको टोली दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा गएको छ ।

    प्रदेश सरकारले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेशले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । कर्णालीका पाँचवटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्ने व्यवस्था गरिएको छ भने तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायिक अस्पताल चौरजहारीले हेर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ खटिन मन्त्री रावलले आग्रह पनि गरे ।

    स्थास्थ्यकर्मीको टोली कम्तीमा १० दिनसम्म खटाइएको स्थानमा बस्ने जनाएको छ । सो अवधिमा टोलीले स्थानीयस्तरमा स्वास्थ्य जाँच र कोरोना परीक्षण गर्नेछ । मन्त्री रावलका अनुसार यो अवधिमा ७९ वटा स्थानीय तहका ७ सय १८ वटा वडामा स्थानीयवासीको कोरोना परीक्षण हुनेछ । ‘अभियानमा कुनै पनि वडाका बासिन्दा कोरोना परीक्षणबाट छुट्ने छैनन् । ‘शंकास्पद देखिएका र विदेशबाट आएका व्यक्तिको आरडिटी गर्नुका साथै स्वाब सङ्कलन गरेर पीसीआर पनि परीक्षण गरिनेछ’ उनले भने, ‘हाम्रो योनजाअनुसार प्रयोगशाला र परीक्षण सामग्री पुगे भने १० दिनभित्र कर्णालीमा कोरोनाको अवस्था स्पष्ट हुनेछ ।’

    ‘कोरोनामुक्त कर्णाली’

    टोलीको सहयोगमा प्रत्येक वडामा १० जनाका दरले करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको पनि मन्त्री रावलले बताए । ‘सबै नेगेटिभ भेटिएको खण्डमा कर्णाली प्रदेशमा लकडाउन खुलाइनेछ’, उनले भने, ‘बाहिरबाट आउने क्रम पूर्णरुपमा नाका बन्द गरिनेछ ।’

    यो अवधिमा कसैमा कोरोना देखिएमा सङ्क्रमण नियन्त्रणको लागि थप प्रक्रिया सुरु गरिने र नदेखिएमा ‘कोरानामुक्त कर्णाली’ घोषणा गरिने मन्त्री रावलले बताए । कोरोना देखिएमा सम्बन्धित स्थानमै आइसोलेशनमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । ‘यदि कसैमा पनि कोरोना देखिएन भने हामीले सङ्घीय सरकारसँग समन्वय गरी ‘कोरोनामुक्त कर्णाली’ घोषणा गर्नेछौं’, उनले भने, ‘त्यसकै लागि गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएर परीक्षण अभियान थालेका हौं ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    सम्बन्धि खबरहरु

    सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    ताजा समाचार
    १

    सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    २

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    ३

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    ४

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    ५

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    ६

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    ७

    एकान्तबासमा योग प्रशिक्षण

    ८

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    ९

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १०

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ११

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    १२

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    १३

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

    १४

    वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

    १५

    कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

    समाचार
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    त्रिशुली अपडेट
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    पत्राचार ठेगाना

    त्रिशुली खबर डट कम का लागी
    ठमेल-२६, काठमाडौं, बागमती
    [email protected]
    +977-9846617227
    www.trishulikhabar.com

    संचालक/अध्यक्ष : ......

    प्रधान सम्पादक : ......

    सम्पादक : ......

    सम्वाददाता : ......

    सम्वाददाता : ......

    फोटो पत्रकार : ......

    क्यामेरा म्यान : ......

    साईट नेभिगेशन

    • समाचार
    • अन्तरवार्ता
    • खेलकुद
    • सुचना प्रविधि
    • बिचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ खबर
    • हाम्रो समाजमा
    • सम्पदा संस्कृति
    • जीवनशैली

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ त्रिशुली खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution