-त्रिशुलीखबर संवाददाता
काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा जनवाद आउने उद्घोष गरेका छन् । काठमाडौँको सुनधारस्थित धरहराको भगनावशेष रहेको स्थानमा भूकम्पमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब फाँसीवाद होइन जनवाद आउँछ । समृद्धिवाद, खुसीवाद आउँछ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै सरकार बिलयो हुँदा तानशाही देख्ने प्रवृत्ति ...
‘सरखार, गरिपलाई पनि हेर्नू ’
‘सरखार, हामी त सोझा जाति। छक्कापञ्जा जान्दैनौं। टाठाबाठालाई मात्रै होइन, गरिबलाई पनि हेर्नू।’
-त्रिशुलीखबर संवाददाता
काठमाडौं, वैशाख १२ । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए। पहिलो दृश्य : चुनावको : १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्। फरकफरक पार्टीका नेता उनको टहरामा आए। घर बनाइदिने बाचा गरे। भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान। केही दिनपछि सडकमा विजय जुलुस निस्कियो। मोटरसाइकल र पँजेरोको ...